Logo ४ आश्विन २०८२, शनिबार | Sun Sep 21 2025


बर्षाका कारण नेपाल र केन्याबीचको खेल प्रभावित


0
Shares

निरन्तर वर्षा भइरहँदा भने खेलमा समस्या हुने देखिएको छ । पीचका कारण पनि घाम नलाग्दासम्म खेल हुन सक्ने अवस्था नहुने आईसीसीका रेफ्रीहरुले बताएका छन् ।

शनिबार विहान ९ः३० बजेलाई निर्धारण गरिएको खेल बर्षाले केही समय रोकिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज पहिलो खेल हुन लागेको हो । दुवै टिमले भारतमा अभ्यास र तयारी गरेकाले पनि भिडन्त रोचक हुने अपेक्षा गरिएको छ ।

cricketimage4

घरेलु मैदानमा नेपालले खेल्न पाएन भने घाटा हुने क्रिकेट विश्लेषकहरु बताउँछन् । दुई वटा एक दिवसीय क्रिकेटअन्तर्गत दोस्रो खेल सोमबार हुनेछ ।

आठ राष्ट्र सहभागी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अंक तालिकामा केन्या पाँचौ स्थानमा छ ।

हालसम्म खेलेका ८ खेलमध्ये केन्याले ४ मा जित र ४ मा हार बेहोरेको छ । समान खेल खेलेको नेपाल अंक तालिकामा ६ अंकसहित छैटां स्थानमा छ

प्रतियोगिताको शिर्ष चार स्थानमा अटाउने टोलीले आगामी एक दिवसीइ विश्वकप क्रिकेटको छनोट चरणमा स्थान बनाउने छन् ।

नेपाल र केन्या दुवै टोलीलाई अंक तालिकाको शिर्ष चार स्थानमा अटाउन यो खेल जित्नै पर्ने दबाब छ ।

criketimage2