
शनिबार वर्षाले पटक–पटक अवरुद्ध गरेको खेलमा अन्तिमपटक २६ ओभरमा ९४ रनको चुनौती केन्याले २४ ओभर १ बलमा ५ विकेटको क्षतिमा पूरा गरेको हो ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालका लागि सन्दीप लामिछाने र सागर पुनले २–२ तथा बसन्त रेग्मीले एक विकेट लिए ।
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेपालले वर्षाका कारण ३६ ओभरमात्र सम्भव भएको खेलमा ८ विकेटको क्षतिमा ११२ रन बनाएको थियो ।
नेपालका लागि नवौं विकेटका लागि कीर्तिमानी अविजित ३० रनको साझेदारी गर्नेक्रममा शक्ति गौचनले १८ तथा सोमपाल कामीले १५ रन जोडे ।
कप्तान ज्ञानेन्द्र मल्लले २७ तथा ‘डेब्यु’ खेलाडी दीपेन्द्रसिंह ऐरीले १९ रन जोडे । अर्का डेब्यु खेलाडी सुनील धमलाले भने ३ रनमात्र जोडे ।
८ राष्ट्र सहभागी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अंकतालिकामा केन्या ९ खेलबाट १० अंकसहित पाँचौं स्थानमा छ । समान खेल खेलेको नेपाल अंकतालिकामा ६ अंकसहित छैटांै स्थानमा छ ।
यो हारले भने नेपालको ८ टिम सहभागी प्रतियोगिताको शीर्ष चार स्थानमा रहेर सन् २०१९ को विश्वकप छनोट खेल्ने सम्भावना कमजोर बनेको छ ।
नेपाल र केन्याबीचको अर्को खेल आगामी सोमबार कीर्तिपुर मैदानमै हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्