२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


रोयल स्पोर्टस्ले जित्यो भाइराजा स्मृति कप क्रिकेट


0
Shares

शनिबार नेपालगन्जमा भएको फाइनल खेलमा नेपाल टाइगर स्पोर्टस् क्लबलाई ५ विकेटले पराजित गर्दै रोयलले उपाधि चुमेको हो ।

पहिलो ब्याटिङ गरेको नेपाल टाइगरले १८ दशमलव ३ ओभरमा सबै विकेट गुमाइ १२० रन बनाएको थियो ।

जवाफमा १२१ रनको विजयी लक्ष्य रोयलले १७.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो ।

उपाधिसँगै रोयलले ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो भने उपविजेता नेपाल टाइगरले २५ हजारमा चित्त बुझायो ।