
नेपालगन्ज रंगशालामा आइतबार सम्पन्न खेलमा रुपन्देहीले मनाङ मर्स्याङ्दी क्लवलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमीफाईनलमा स्थान बनाएको हो । खेलको २९ औं मिनेटमा सुशील लामाको गोलमा मनाङले अग्रता लिएको थियो । तर ४४ औं मिनेटमा उत्तम गुरुङको गोलमा रुपन्देहीले खेल बराबरीमा ल्यायो र खेल सकिनु २ मिनेट अघि रुपन्देहीका अमर डंगोलले गोल गरेपछि सेमिफाइनमा स्थान पक्का भयो ।
यो खेलसँगै सेमीफाईनलको समीकरण पनि पुरा भएको छ । सुुदूरपश्चिम–११, सिएमजी संकटा क्लब, नेपाल पुलिस र रुपन्देही–११ सेमीफाईनलमा प्रवेश गरेका छन् ।
पहिलो सेमीफाईनल खेल सोमबार सुदुरपश्चिम–११ र सीएमजी संकटा क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्