Logo २४ कार्तिक २०८२, सोमबार | Tue Nov 11 2025


उम्मेदवारको चुनाव खर्च सीमा तोकियो, बढी खर्च गरेर विजयी भए रद्द गरिने


0
Shares

तोकिएभन्दा बढी खर्च गरेको खुल्न आए विजयी उम्मेदवारको हकमा रद्दसम्मको कारबाही हुनेछ ।

चार महानगरपालिका प्रमुख र उपप्रमुखका उम्मेदवार प्रत्येकले ७ लाख ५० हजार रुपैयाँसम्म मात्र खर्च गर्न पाउने छन् । महानगरपालिकाका वडा अध्यक्ष र सदस्यका उम्मेदवारको खर्च सीमा ३ लाख रुपैयाँ छ ।

१३ उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवार प्रत्येकले ५ लाख ५० हजार र वडा अध्यक्ष तथा सदस्यका उम्मेदवारले २ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने छन् ।

नगरपालिका प्रमुख र उपप्रमुखका उम्मेदवारले ४ लाख ५० हजार र वडा अध्यक्ष तथा सदस्यका उम्मेदवारले २ लाख मात्रै खर्च गर्न पाउनेछन् ।

गाउँपालिका प्रमुख र उपप्रमुखका उम्मेदवारले ३ लाख ५० हजार र वडा अध्यक्ष र सदस्यका उम्मेदवारले १ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउनेछन् ।

सीमाभन्दा बढी रकम खर्च गरेको पाइएमा आयोगले कारबाही गर्न सक्नेछ । विजयी उम्मेदवारको चुनावै रद्द पनि हुन सक्छ । –कान्तिपुर दैनिकबाट