२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


वैशाख १० गतेदेखि मतदाता शिक्षा


0
Shares

स्थानीय तहमा कसरी मतदान गर्न सिकाउन र बदर मत कम गर्नका लागि मतदाता शिक्षा सुरु गर्न थालिएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी गराए ।

उनकाअनुसार एउटा वडामा तीनजना स्वयंसेवकले मतदातालाई मतदाता शिक्षा दिनेछन् ।

मतदाता शिक्षाका लागि आयोगले ३२ जना उपसचिव र अधिकृतलाई मतदाता प्रशिक्षक प्रशिक्षण दिइसकेको छ ।

प्रवक्ता शर्माकाअनुसार मतदाता प्रशिक्षण लिएका कर्मचारीले जिल्लामा गइ प्रशिक्षण दिएपछि स्वयंसेवकले वडामा गइ मतदातालाई मतदाता शिक्षा दिनेछन् ।

उनले पहिलेकोभन्दा धेरै राजनीतिक दलले निर्वाचनमा भाग लिने भएकाले मतदातालाई मतदाता शिक्षा दिन आवश्यक भएको पनि बताए । रासस