६ जेष्ठ २०८२, मंगलबार | Tue May 20 2025


मालिकबाट बलात्कृत युवती प्रहरीको शरणमा


0
Shares

डडेल्धुरा स्थायी घर भएका लोकराज पाण्डेबाट उनी बलात्कृत भएकी हुन् ।

बानेश्वरस्थित सामुदायिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत कल्पनाले पछिल्लोपटक २२ माघमा आफू पाण्डेबाट बलात्कृत भएको बताइन् । उनको उजुरीपछि महानगरीय प्रहरी वृत्त बानेश्वरले पाण्डेलाई पक्राउ गरेको छ ।

‘म पटक–पटक घरमालिकबाट बलात्कृत भएँ । पीडा सहन नसकेर प्रहरीमा उजुरी गरेँ,’ बालअधिकारवादी संस्था सिविस नेपालको शरणमा बसिरहेकी कल्पनाले भनिन् ।
पक्राउ परेका पाण्डे श्रीमती, एक छोरा र आमासहित काठमाडौं कारेश्वरमा बस्छन् । पीडित कल्पनाले दुई वर्षदेखि उनको घरमा घरेलु कामदारका रूपमा काम गर्दै आएकी थिइन्, त्यहीँ बस्थिन् ।

कल्पनाका अनुसार लोकराजले पछिल्लोपटक २२ माघको साँझ कोठामा कोही नभएको मौका छोपी उनलाई बलात्कार गरेका थिए । ‘साँझ परेको थियो । घरमा कोही पनि थिएनन् । म भान्छामा काम गर्दै थिएँ । उहाँले मलाई तानेर कोठामा लग्नुभयो र जबर्जस्ती गर्नुभयो । म चिच्याएँ । तर, सहयोग गर्न कोही आएनन्,’ घटनाबारे उनले भनिन् ।

पढाएर विदेश पठाइदिने प्रलोभनमा लोकराजले उनलाई दुई वर्षअघि डोटीबाट ल्याएका थिए । –नयाँ पत्रिका दैनिकबाट