
वीरगन्जको पहिलो त्रिजुद्ध हाइस्कुलका संस्थापकसमेत रहेका ९८ वर्षीय मानन्धरको आइतबार बिहान उपचारकोक्रममा निधन भएको हो ।
लामो समयदेखि दम र स्वाश्स–प्रश्वाससम्बन्धी रोगबाट पीडित मानन्धरको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारकोक्रममा निधन भएको जनाइएको छ ।
उनी २०१० सालमा वीरगन्जको पहिलो निर्वाचित मेयर बनेका थिए । त्यसपछि उनले २०१४ सालमा पनि निर्वाचित नगर प्रमुखकोरुपमा जिम्मेवारी सम्हालेका थिए ।
वीरगन्ज गाउँलाई नगर बनाइ अहिलेको आधुनिक वीरगन्ज सहर निर्माण गर्नमा उनको भूमिका महत्वपूर्ण रहेको वीरगन्जबासीहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्