६ जेष्ठ २०८२, मंगलबार | Tue May 20 2025


भारतीयको तुलनामा नेपाली जनता खुशी : प्रतिवेदन


0
Shares

यस्तै सोचाइ हो भने तपाई विश्वभरकै खुसी मापनकर्तालाई चुनौती दिदैं हुनुहुन्छ । राजनीतिक अस्थिरतालाई दोष दिदैं दैनिक करिब १५ सय युवा विदेसिने गरेका बेला विश्व खुसी सूचकमा भने नेपाल पोहोरभन्दा ८ स्थानमाथि उक्लेको छ । अर्थात्, पोहोरभन्दा यसपालि नेपालीहरु खुसी छन् ।

न्युयोर्कस्थित राष्ट्रसंघ मुख्यालयमा सोमबार सार्वजनिक ‘विश्व खुसी प्रतिवेदन २०१७’ (वर्ल्ड ह्यापिनेस रिपोर्ट) अनुसार गत वर्षको तुलनामा नेपालीको खुसी थपिएको हो । प्रतिवेदनअनुसार नेपाल ९९ औं स्थानमा छ । अघिल्लो वर्ष १०७ औं स्थानमा थियो ।

प्रतिवेदनअनुसार नेपाली भारतीयभन्दा खुसी छन् भने पाकिस्तानीभन्दा दुःखी । सार्क सदस्यमुलुकमध्ये नेपाल तेस्रो खुसी मुलुकमा परेको छ । सार्कमा पाकिस्तान सबैभन्दा खुसी मुलुक पर्छ भुटान दोस्रो स्थानमा छ । –कान्तिपुर दैनिकबाट