६ जेष्ठ २०८२, मंगलबार | Wed May 21 2025


निर्वाचनकै मौकामा गृहले माग्यो ४ अर्ब


0
Shares

वैशाख ३१ मा हुने स्थानीय तह निर्वाचन सुरक्षा दृष्टिकोणले चुनौतिपूर्ण रहेको भन्दै गृहले दुई साताअघि अर्थ मन्त्रालयसँग ३१ अर्ब रुपैयाँ बजेट मागेको थियो । ‘आगामी चुनावका लागि करिब एक हजार पाँच सय संख्यामा सवारी साधन खरिद गर्नुपर्ने प्रस्ताव गृहबाट आएको छ,’ अर्थ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘यसका लागि ४ अर्ब रुपैयाँ माग गरिएको छ ।’

सुरक्षा निकायसँग भएका सवारी साधन निर्वाचनका लागि अपुग हुने भए पनि अहिलेलाई थप गाडी खरिद गर्न बजेट दिन नसकिने उनले जनाए । –नागरिक दैनिकबाट