
फाइल तस्वीर
सरकारले संविधान संशोधनविना स्थानीय तह निर्वाचन प्रक्रिया अघि बढाएपछि असन्तुष्ट मोर्चाले तराईमधेसमा चुनाव हुन नदिने र आफूले पनि भाग नलिने घोषणा गरेको छ ।
सत्तासीन दलका नेतासँग मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको बैठकमा मोर्चाका नेताहरुले सीमांकनबाहेक संविधान संशोधन विधेयकमा तीनवटा प्रस्ताव पारित भए चुनावमा जान सकिने बताएपछि राजनीतिक निकास सहमति नजिक पुगेको अड्कल काटिएको हो ।
सरकारपक्षले यसअघि नै सीमांकनबाहेक संविधान संशोधन गर्न तयार रहेको जनाउ दिइसकेको छ । –नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्