
आयोगको बुधबारको बैठकले स्थानीय तह निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयमा दर्ता हुन छुटेका दललाई समेत मतपत्रमा राख्न छपाइ रोकेर पुनः मुद्रण गर्ने निर्णय गरेको हो ।
नेपाली कांग्रेस, राप्रपा, जनमोर्चा र संघीय समाजवादी पार्टीले स्थानीय तह निर्वाचनका लागि विभिन्न जिल्लामा दल दर्ता गराएका थिएनन् । उनीहरुकै दबाबमा आयोगले सुरु भइसकेको मतपत्र छपाई रोकेर दर्ता गर्न छुटेका दलको नाम र चुनाव चिन्ह मतपत्रमा समावेश गर्न लागेको हो । –नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्