Logo ५ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025


एसिया कप खेल्न जाने नेपाली फुटबल टोलीको बिदाइ


0
Shares

मनिलामा हुने खेलका लागि जापानी मुख्य प्रशिक्षक ग्योतुकी कोजीको प्रशिक्षणमा खारिएको २० सदस्यीय नेपाली टोली शनिबार राति त्यसतर्फ जान लागेको हो ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को कम्प्लेक्समा भएको कार्यक्रममा खेलाडीहरुलाई बिदाइ गर्दै युवा तथा खेलकुदमन्त्री दलजित बिके श्रीपालीले जितका लागि शुभकामना दिए ।

अनिल गुरुङ अन्तिम २० भित्र नपरेपछि अब नेपाली टिमको कप्तानी विराज महर्जनले सम्हाल्नेछन् ।

नेपालले पछिल्लो समय हात पारेका सफलतामा विराजले नै नेपाली टिमको नेतृत्व गर्दै आएकाछन् ।