
इटालीमा शुक्रबार राति भएको खेलको दोस्रो हाफमा अल्बानियाका समर्थकले मैदानमा ज्वलनशील पदार्थ सल्काएर मैदानमा फाल्नुका साथै धुवाँ बम पनि पड्काएका थिए । यसैका कराण खेल दोस्रो हाफमा झन्डै नौ मिनेट रोकियो ।
यद्यपि, खेल इटाली २-० ले आफ्नो पोल्टामा पार्यो । पहिलो हाफमा इटालीका ड्यानिएल डि रोस्सीले पेनाल्टी प्रहार गर्ने बेलामा नै अल्बानियाका समर्थकले मैदानमा ज्वलनशील पदार्थ फालेका थिए ।
तर दोस्रो हाफमा लगातार ज्वलनशील पदार्थ मैदानमा फालिएपछि रेफ्रीले केही समय खेलाडीलाई मैदानबाट बाहिर पठाएका थिए ।
इटालीका अल्बानियाली प्रशिक्षक गिएन्नी डि बिएसीले घटनाबाट आफू निकै दुःखी भएको बताए ।
प्रतिक्रिया दिनुहोस्