
घरेलु मैदानमा भएको खेलमा मेक्सिकोले कोस्टारिकालाई २–० ले हराएको हो । हर्नान्डेज र टेस्टोर अर्उजोले गोल गर्दै मेक्सिकोलाई जिताए ।
यसैगरी, विश्वकप छनोटअन्तर्गत् नै भएको अर्को खेलमा अमेरिकाले होन्डुरसलाई ६–० ले हराएको हो ।
अमेरिकाले पहिलो र दोस्रो हाफमा समान ३–३ गोल गरेको हो । अमेरिकाका क्लिन्ट डेम्पसीले ह्याट्रिक गरे ।
त्यस्तै, ट्रिनिडाड एन्ड टोबागोले पानामालाई १–० तथा न्यूजिल्यान्डले फिजीलाई २–० ले हरायो ।
प्रतिक्रिया दिनुहोस्