Logo ५ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025


जर्मनीले अजरबैजानलाई हरायो, चेक गणतन्त्रले गर्‍यो गोलको बर्षा


0
Shares

अजरबैजानमा भएको खेलमा पाहुना टोलीलाई विजयी गराउन आन्द्रे स्रुलले दुई गोल गरे ।

जर्मनीका लागि थोमस मुलर र मारियो गोत्जेले एक–एक गोल गरे । विश्वकप छनोटअन्तर्गत युरोपेली समूहकै अर्को खेलमा चेक गणतन्त्रले सान मारिनोलाई ६-० ले हराउँदा उत्तरी आयरल्याण्डले नर्वेलाई २-० ले हरायो ।

युरोपेली समुह एफ को खेलमा इङ्ल्यान्डले लिथुआनियालाई २-० ले हरायो । इङ्ल्यान्डको जितमा जेमाईन डेफो र जेमी भार्डीले एक–एक गोल गरे ।

यही समुहको अर्को खेलमा स्लोभाकियाले माल्टालाई ३-१ ले हराउँदा स्कटल्याण्डले स्लोभेनियालाई १-० ले हरायो ।

यसैगरी समुह ई को खेलमा पोल्याण्डले मोन्टेनेग्रोलाई २-१ ले हरायो । यसैगरी अर्मेनियाले काजखस्तानलाई २-० ले पराजित गर्दा डेनमार्कले रोमानियासँग गोलरहित बराबरी खेलेको छ ।