Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


वैद्य माओवादी पनि निर्वाचनमा भाग लिने तयारीमा


0
Shares

संविधानसभाको दोस्रो निर्वाचन बहिस्कार गरेको वैद्य नेतृत्वको माओवादीले संविधान जारी भएपछि पनि नयाँ संविधानको विरोध गर्दै आएको छ ।

पछिल्लो पटक भने उसले पार्टीको नामबाट भन्दा पनि मोर्चाको नामबाट निर्वाचनमा सहभागी हुने गरी गृहकार्य अगाडि बढाएको हो । वैद्य माओवादीले स्थानीय तहको निर्वाचनमा सहभागिताका लागि निर्वाचन आयोगसँग छलफल गरेर मोर्चाको नामबाट एउटै चुनाव चिह्न प्रदान गर्न माग गर्ने भएको छ । पार्टीले एउटै चुनाव चिह्न नपाएको खण्डमा स्वतन्त्र रुपमा भए पनि स्थानीय नहको निर्वाचनमा सहभागिता जनाउने गरी माओवादीले गृहकार्य अगाडि बढाएको छ ।

राजधानीमा सोमबारदेखि सुरु भएको पार्टी केन्द्रीय समितिको विस्तारित बैठकमा अध्यक्ष वैद्यले अहिलेको अवस्थामा स्थानीय तह स्थानीय सरकार भएकाले त्यसभन्दा बाहिर बस्न नहुने भएकाले पार्टीको तर्फबाट स्वतन्त्र रुपमा भए पनि उम्मेदवारी दिएर सहभागिता जनाउनुपर्ने प्रस्ताव राखेका छन् । –राजधानी दैनिकबाट