Logo ५ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025


नेपालको लगातार दोस्रो हार, बंगलादेश ८३ रनले विजयी


0
Shares

पहिलो खेलमा सोमबार पाकिस्तानसँग हारेको नेपाललाई मंगलबार भएको दोस्रो खेलमा बंगलादेशको २३ वर्षमुनिको टोलीले ८३ रनले हराएको हो ।

कक्स बजारस्थित शेख कमल रंगशालामा भएको खेलमा २५८ रनको चुनौती पाएको नेपालले ४३औं ओभरमा अलआउट हुनुपूर्व १७४ रनमात्रै बनाउन सक्यो ।

नेपालको लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५६ रन जोड्दा दिलीप नाथले ४१ रनको योगदान दिए । यसैगरी, विनोद भण्डारीले ३३ रन जोडे ।

१६ रनको अवस्थामा ३ विकेट गुमाइसकेको नेपालका लागि दिलीप नाथ र ऐरीले चौथो विकेटको लागि ९८ रनको साझेदारी गरेका थिए ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित् ५० ओभरमा ९ विकेट गुमाएर २५७ रन जोडेको थियो ।

बंगलादेशको लागि नासिर हुसेनले सर्वाधिक रन बनाउनेक्रममा अविजित १ ०९ रनको शतकीय पारी खेले । यसैगरी, कप्तान मनिमुल हकले ६१ रनको योगदान दिए ।

बलिङतर्फ नेपालका अभिनाष कर्णले ३ तथा सन्दीप लामिछानेले २ विकेट लिए । मेहबुब आलम, ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट झारे ।

लगातार दुई हारपछि सेमिफाइनल प्रवेशको सम्भावनाबाट बाहिरिएको नेपालले समूहको अन्तिम खेलमा बिहीबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।