Logo ५ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025


नेपाल फिलिपिन्ससँग ४–१ ले पराजित, प्रशिक्षक कोजुको खेलाडी परीक्षण प्रयास असफल


0
Shares

एसिया कप छनोट फुटबलअन्तर्गत् तेस्रो चरणको पहिलो खेलमा मंगलबार फिलिपिन्सविरुद्ध खेलेको नेपालले कमजोर प्रदर्शन गरेसँगै अन्य प्रशिक्षकले समय–समयमा नेपाली फुटबलमा गर्दै आएको गल्तीलाई कोजुले पनि दोहो¥याएको स्पस्ट भएको हो ।

नेपाल फिलिपिन्सको राजधानी मनिलास्थित रिजाल मेमोरियल रंगशालामा ४–१ ले पराजित भयो ।

खेलको १५औं मिनेटमै मिडफिल्डर विक्रम लामाले रातोकार्ड खाएपछि १० जनामा समेटिएको नेपालमाथि हावी हुनेक्रममा फिलिपिन्सले १० मिनेटभित्रै ३ गोल गर्‍यो ।

३–० ले पछि परेको अवस्थामा मध्यान्तरअघिको इन्जुरी समयमा सब्स्टिच्युट खेलाडी विशाल राईले गोल गर्दै अन्तर कम गरेका थिए ।

मध्यान्तरपछि फिलिपिन्सले पुनः एक गोल थप्दै ४–१ ले खेल जितेको हो ।

खेलाडीहरुबीच आपसमा तालमेलसमेत नमिल्दा प्रशिक्षक कोजुले नै नेपाली खेलाडीहरुलाई बुझ्न नसकेको स्पस्ट भएको छ ।

नेपाली टोलीको सुरुआती एघारमा कप्तान विराज महर्जन नपर्दा पनि कोजुले खेलाडीलाई परीक्षण गरेको स्पस्ट भएको हो ।

अनिल गुरुङ राष्ट्रिय टिममा नपरेपछि विराज महर्जनले नियमितरुपमा कप्तानी सम्हाल्ने अपेक्षा गरिएको थियो ।

पहिलो लेगमा फराकिलो अन्तरले पराजित भएको नेपाल फिलिपिन्ससँग दोस्रो लेगको खेल काठमाडौंमा खेल्नेछ ।