Logo ५ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025


बोलिभियासँग अर्जेन्टिना पराजित, चिली र कोलम्बियाको सानदार जित


0
Shares

बोलिभियाको राजधानी लापाजमा बुधबार बिहान भएको खेलमा घरेलु टोली २–० ले विजयी भयो ।

अर्जेन्टिनाविरुद्धको खेलमा बोलिभियालाई विजयी गराउन हुँवा कार्लोस आर्के र मार्सेलो मोरेनोले एक–एक गोल गरे ।

बुधबारै बिहान भएको अर्को खेलमा ब्राजिलले पाराग्वेलाई ३–० ले हराएको छ ।

खेलमा ब्राजिललाई विजयी गराउन फिलिप कौटिन्हो, नेइमार र मार्सेलोले एक–एक गोल गरे ।

दक्षिण अमेरिकी समूहकै अर्को खेलमा कोलम्बियाले इक्वेडरलाई २–० ले हराउँदा चिलीले भेनेजुएलालाई ३–१ ले पराजित गर्‍यो ।

यस्तै, पेरुले उरुग्वेलाई २–१ ले निराश बनायो ।

विश्वकप फुटबल छनोटअन्तर्गत् मध्य तथा उत्तर अमेरिका र क्यारेबियन समूहको खेलमा मेक्सिकोले ट्रिनिडाड एन्ड टोबागोलाई १–० ले हराएको छ ।

होन्डुरस र कोस्टारिकाले भने एक–एक गोलको बराबरी खेलेका छन् ।

यसैगरी, ओसियाना समूहको खेलमा न्यूजिल्यान्डले फिजीलाई २–० ले हराएको छ ।