Logo ५ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025


विश्वकप फुटबल छनोटः यी हुन् एशियाली समुहबाट विजयी टिम


0
Shares

समुह ए को खेलमा ईरानले चीनलाई १-० ले हराउँदा दक्षिण कोरियाले सिरिया तथा उज्वेकिस्तानले कतारलाई पनि १-० ले नैं पराजित गरेका छन् ।

एशियाली समुह बी को खेलमा अस्ट्रेलियाले युएईलाई २-० ले हरायो । जापानले थाईल्याण्डलाई ४-० ले पराजित गर्दा साउदी अरबियाले इराकमाथि १-० को जीत निकाल्यो ।

मंगलबार रातीका खेलहरुपछि विश्वकप फुटबल छनौट अन्तर्गत एशियाली समुह ए मा १७ अंकसहित ईरान पहिलो स्थानमा रहँदा १३ अंक जोडेको दक्षिण कोरिया दोस्रो तथा १२ अंक जोडेको उज्वेकिस्तान तेस्रो स्थानमा छ ।

यसैगरी समुह बी मा १६/१६ अंक जोडेका जापन र साउदी अरबिया शीर्ष दुई स्थानमा रहँदा १३ अंक जोडेको अस्ट्रेलिया तेस्रो स्थानमा छ ।