Logo ५ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025


ब्राजिल २०१८ को विश्वकपमा छानिने पहिलो टिम, अर्जेन्टिना समस्यामा


0
Shares

बुधबार बिहान भएको खेलमा पाराग्वेमाथि ३–० को स्पस्ट जित हासिल गर्दै ब्राजिल विश्वकपमा छानिने पहिलो टिम बनेको हो ।

ब्राजिललाई जिताउन फिलिप कौटिन्हो, नेइमार र मार्सेलोले एक–एक गोल गरे ।

दक्षिणी अमेरिकी समूहमा सहभागी १० टोलीमध्ये १४औं चरणको खेलसम्म ३३ अंकसहित शीर्ष स्थानमा रहेको ब्राजिल चार खेलअघि नै विश्वकपमा छानिएको हो ।

यो समूहमा दोस्रो स्थानको कोलम्बियाको २४, तेस्रो स्थानको उरुग्वेको २३ तथा चौथो स्थानको चिलीको पनि २३ अंक नै छ । चार टोली विश्वकपमा छानिँदा पाँचौं टोलीले प्लेअफ खेल्न पाउनेछ ।

हाल २२ अंकसहित दुईपटकको च्याम्पियन अर्जेन्टिना पाँचौं स्थानमा छ ।

अर्जेन्टिनी कप्तान लिओनल मेसी चार अन्तर्राष्ट्रिय खेल प्रतिबन्धमा परेपछि पीडामा रहेको अर्जेन्टिना बुधबार बिहान बोलिभियासँग २–० ले पराजित भएपछि कमजोर बनेको हो ।

रेफ्रीमाथि अपशब्द बोलेको आरोपमा मेसीमाथि फिफाले प्रतिबन्ध लगाएको हो ।