Logo ५ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025


धावक हरिबहादुर रोकायालाई एडिडासको सहयोग


0
Shares

जुम्लामा स्पोर्ट्स क्लव संचालन गर्दै आएका रोकाया अहिले अल्टिच्युड ट्रेनिङ सेन्टर स्थापना गर्ने अभियानमा छन् ।

उनको अभियानलाई सहयोग गर्न रुट्स फेसन प्रालि ले वार्षिक दुई लाख रुपैयाँ बराबरको खेल पोशाक, जुत्ता तथा अन्य सामग्रि उपलब्ध गराउनेछ ।

यसका साथै एडिडासले हरेक वर्ष गर्दै आएको ‘रिफ्रेस योर गिएर’ अर्थात जुत्ता एक्सचेन्ज कार्यक्रमबाट संकलन हुने पुराना जुत्ताहरु पनि रोकायाको क्लवलाई दिनेछ ।

रोकायाले जुम्लामा संचालन गरेको एकेडेमीमा अहिले ३२ जनाले खेलकुद तालिम लिईरहेका छन् ।

आर्थिक अवस्था बिपन्न भएका कर्णालीका बालबालिकालाई खेलकुदमा लाग्न प्रेरित गर्ने उद्देश्यले रोकायालाई सहयोग गर्न लागेको एडिडासले जनाएको छ ।

एडिडासले यसअघि पनि यस्तै अभियान संचालन गरेर कर्णाली ग्रामिण बिकास तथा सामाजिक विकास पार्क, माईती नेपाल र न्यानो संसारलाई सहयोग गरिसकेको छ ।