६ जेष्ठ २०८२, मंगलबार | Wed May 21 2025


संकटमा मलेसियाको रोजगारी, ५ लाख नेपाली मारमा


0
Shares

रिंगिटमा आएको गिरावट करिब दुई दशकयताकै सबैभन्दा बढी हो । सन् १९९७ को ‘एसियाली आर्थिक मन्दी’ यता रिंगिट सबभन्दा कमजोर अवस्थामा पुगेको हो ।

नेपालसँग औपचारिक रुपमा करिब १६ बर्षे रोजगारी इतिहास बोकेको बैदेशिक रोजगारको प्रमुख गन्तब्य मलेसियाको श्रम बजार यतिबेला संककटपूर्ण बनेको छ ।

मलेसियाली राष्ट्र बैंक ‘बैंक नेगरा’को तथ्याकं अनुसार सन् २०१३ को सुरुवाती दिनमा एक अमेरिकी डलरको खरिदर ३ दशमलव १० रिंगिट रहेकोमा हाल करिब ४ दशमलव ४५ रिंगिट हाराहारीमा छ ।

त्यतिबेला प्रतिरिंगिट ३३ रुपैंया सटही दर भएकोमा हाल झरेर २३ रुपैंयाँ ५० पैसा पुगेको छ । नेपालमा बढ्दो महंगी र मलेसियामा घट्दो रिंगिटको मारमा यहाँ कार्यरत नेपाली परेका छन् ।

मुलुकमा बेरोजगारीका बाबजुत आफ्नो कमाइमै आश्रित परिवार धान्न गारो परिरहेको मलेसियामा कार्यरत नेपाली बताउँछन् । -कान्तिपुर दैनिकबाट