Logo ५ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025


इंग्लिश प्रिमियर लिगमा चेल्सी पराजित, टोटनह्यामले अंक दुरी घटायो


0
Shares

शनिबार राती भएको खेलमा चेल्सीलाई लण्डन प्रतिद्धन्दी क्रिष्टल प्यालेसले २-१ ले हराएको हो । खेलमा चेल्सीका सेस्क फाब्रिगासले पहिलो गोल गरे ।

तर प्यालेसका बेन्टेके र जाहाले एक एक गोल गरेपछि घरेलु टोली चेल्सी पराजित भएको हो । राती भएको अर्को खेलमा लिभरपुलले एभर्टनलाई ३-१ ले हरायो ।

लिभरपुलको मैदानमा भएको मर्सीसाईड डर्बीमा घरेलु टोलीलाई विजयी गराउन सादियो माने, फिलिप कौटिन्हो र डिभोक ओरीगीले एक एक गोल गरे । एभर्टनका लागि म्याथ्यु पेनीङ्टनले एक गोल फर्काए ।

प्रिमियर लिग अन्तर्गतकै अर्को खेलमा टोटनह्याम हट्सपरले बर्न्लेलाई २-० ले हराँउदा हल सिटीले वेष्ट ह्याम युनाईटेडलाई २-१ ले, लेष्टर सिटीले स्टोक सिटीलाई २-० ले तथा वाट्फोर्डले सण्डरल्याण्डलाई १-० ले हराएका छन् । साउथह्याम्पटन र बर्नमाउथले भने गोलरहित बराबरी खेलेका छन् ।

रातीका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा २९ खेलबाट ६९ अंक जोडेको चेल्सी शिर्ष स्थानमा कायमै छ ।

समान खेलबाट ६२ अंक जोडेको टोटनह्याम हट्सपर दोस्रो स्थानमा रहँदा एक खेल बढी खेलेको लिभरपुल ६० अंकको साथ तेस्रो स्थानमा छ ।