बिहीबार भएको सेमीफाइनल खेलमा एपीएफलाई १-० को गोल अन्तरले हराउँदै झापा-११ माइभ्याली गोल्डकपको फाइनलमा प्रवेस गरेको छ ।
निर्धारित समयमा दुवै टीमबाट गोल हुन नसकेपछि थपिएको अतिरिक्त १५ मिनेटको समय सक्किएर पुनः थप भएको एक मिनेटमा झापाको तर्फबाट निर्णायक गोल भएको थियो ।
अतिरिक्त समय बित्न दुई मिनेट बाँकी रहंदा झापाले पाएको फ्रि-किकमा रजिन धिमालको प्रहारमा विशाल राईले गरेको गोल खेलको निर्णायक गोल साबित भएको थियो ।
खेलको म्यान अफ दी म्याच झापाका विशाल राई घोषित भए । योसँगै चैत २६ मा हुने माइभ्याली गोल्डकपको फाइनल खेल झापा-११ र त्रिभुवन आर्मीबीच हुने भएको छ ।





प्रतिक्रिया दिनुहोस्