४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


उत्तर कोरियाली नेता किम भियतनाम प्रस्थान


0
Shares

प्योङयाङ, फागुन १२ । उत्तर कोरियाली नेता किम जोन उन रेलमार्ग हुँदै भियतनाम प्रस्थान गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग यही फेब्रुअरी २७ र २८ मा हनोइमा हुने शिखर वार्ताका लागि उनी रेलमार्ग हुँदै भियतनाम प्रस्थान गरेका हुन् । उनीसँग बहिनी किम यो जोन र पूर्व जनरल किम योङ चुल पनि भ्रमणमा सहभागी छन् ।

परमाणु निशस्त्रीकरणका विषयमा छलफल गर्न उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति ट्रम्पबीच दोस्रो भेटवार्ता हुन लागेको हो । यसअघि दुई नेताबीच गत वर्ष सिंगापुरमा वार्ता भएको थियो ।

परमाणु निशस्त्रीकरणका लागि पहिलो वार्तामा केही सकारात्मक प्रयास भए पनि दोस्रो वार्तामा पनि त्यही विषयलाई प्रभावकारी ढंगले उठान गरिने बताइएको छ । वार्ताका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किमलाई परमाणु कार्यक्रम अन्त्यका लागि मनाउने प्रयास गर्ने विश्लेषण गरिएको छ ।

अमेरिका र उत्तर कोरियाबीचको सम्बन्ध विस्तारमा मध्यस्तकर्ताको भूमिका निर्वाह गरेकाले दुई नेताबीचको वार्ता भियतनाममा गर्ने तय भएको थियो ।