
आगामी चैत २९ र ३० गते दशरथ रंगशालास्थित सेमी कभर्डहलमा प्रतियोगिता हुनेछ ।
संघले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत् गर्दै आएको १२औं महिला राष्ट्रिय तौल समूह फुल कन्ट्याक्ट कराँते प्रतियोगिता पनि सोही मिति र स्थानमा आयोजना हुनेछ ।
पुरुष खुलातर्फ ९० तथा माहिला तौल समूहमा ४० जना गरी कुल १३० खेलाडीले प्रतियोगितामा भाग लिने आयोजकको भनाइ छ ।
प्रतियोगिताअन्तर्गत् पुरुष खुलातर्फ पहिलो हुनेले ३० हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले ७ हजार पाँच सय रुपैयाँ प्राप्त गर्दा महिला तौल समूहको विजेताले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्