
नेपाली समयानुसार राति सवा ८ बजेदेखि राजकोटमा हुने खेलमा गुजरातको नेतृत्व सुरेश रैनाले सम्हाल्नेछन् भने कोलकाताको नेतृत्व गौतम गम्भीरले लिनेछन् ।
दुबै टिमको जारी आइपीएल दशौं संस्करणको पहिलो भिडन्त हो । दुबै टिममा राम्रा खेलाडीहरुको अभावले समस्या भएको आँकलन गरिएको छ ।
गुजरातका अलराउन्डर दयाने ब्राभो बिरामी भएसँगै केही खेल खेल्ने छैनन् भने रविन्द्र जडेजा पनि बिरामी छन् ।
त्यस्तै, कोलकाताका आन्द्रे रसेल ‘डोपिङ’का कारण टिममा हुने छैनन् भने अर्का बंगलादेशी अलराउन्डर सकिब अल हसन श्रीलंकाविरुद्धको शृंखलामा खेलिरहेकाले केही खेल गुमाउनेछन् ।
त्यस्तै, तीव्रगतिका बलर उमेश यादव घाइते भएकाले दुईहप्ते आराममा छन् ।
बुधबारदेखि सुरु भएको दशौं संस्करणमा साविक विजेता सनराइजर्स हैदराबाद र राइजिङ पुने सुपरजाइन्टले विजयी सुरुआत गर्दा रोयल च्यालेन्जर्स बैंगलोर र मुम्बई इन्डियन्स पराजित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्