Logo ५ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025


पन्जाबले पुनेलाई ६ विकेटले हरायो


0
Shares

पन्जाबले शनिबार राइजिङ पुने सुपरजाइन्ट्सलाई ६ विकेटले हराएको हो ।

१६४ रनको चुनौती पन्जाबले १९ ओभरमै ४ विकेटको क्षतिमा पूरा गरेको हो ।

पन्जाबका कप्तान ग्लेन म्याक्सवेलले २० बलमा अविजित रहँदै ४४ रन जोडे भने डेभिड मिलरले २७ बलमा अविजित रहँदै ३० रन जोडे ।

यसअघि, इन्दोरमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पुनेले ६ विकेटको क्षतिमा १६३ रन बनाएको थियो ।

पुनेका बेन स्टोक्सले ३२ बलमा ५० तथा मनोज तिवारीले २३ बलमा अविजित रहँदै ४० रन जोडे ।

पुनेले पहिलो खेलमा मुम्बई इन्डियन्सलाई हराएको थियो भने पन्जाबको यो जारी संस्करणको पहिलो खेल हो ।