Logo ५ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025


रोनाल्डोको हर्कतः पुरै नांगिएर खिचाए फोटो


0
Shares

रोनाल्डोले ‘फ्यान’कै अनुरोधमा गोल गरेपछि आफ्नो जर्सी खोलेर पाखुरासमेत देखाउन भ्याए भने भीडभाडमा बसेर भीखसमेत मागेका छन् ।

अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले उनलाई डर नभएको र नलजाउने खेलाडीकोसमेत उपमा दिएका छन् ।

हालै उनले आफ्नो समर्थकका लागि पुरै नांगिएर फोटो खिचाएका छन् । उनी आफैंले इन्स्टाग्राममा नांगै खिचिएको फोटो सार्वजनिक गरेका हुन् ।

शुक्रबार (हिजो) बेलुका ३२ वर्षीया रोनाल्डोले क्यामराको अगाडि नांगिएर ‘ब्ल्याक एन्ड ह्वाइट’ नाम गरेको प्रोजेक्टअन्तर्गत् फोटो खिचाएर इन्स्टाग्रामका ९६ लाख आफ्नो समर्थकमाझ बाँडेका छन् ।

फोटोमा उनी प्रतिष्ठित मानिने कोर्बुसीयर कुर्सीमा बसेर नांगिएका छन् ।

 

अहिले उनी शारीरिक चोटका कारण आराम गरिरहेका छन् । उनी अहिले पूर्वबेलायती ओलपिंक स्पिन्टेर ट्रेनर तथा उनकै व्यक्तिगत ट्रेनर समान्था क्लेटनसँग पोर्चुगलमा आफ्नो क्षमता सुर्धान काम गरिरहेका छन् ।

(एजेन्सी)