Logo २६ आश्विन २०८३, सोमबार | Tue Oct 13 2026


नेपाली रुपैंयाँ बलियो डलर कमजोर, २० महिनायता सबैभन्दा धेरै घट्यो डलर


13
Shares

निरन्तर रुपमै कमजोर बन्दै गएको नेपाली रुपैंयाँ पछिल्लो समय भने डलरको तुलनामा बलियो अवस्थामा देखिएको छ । अमेरिकी डलर कमजोर बन्दै जाँदा नेपाली रुपैंयाँ बलियो बन्न पुगेको छ ।

नेपाल राष्ट्र बैंकले शनिबारका लागि एक अमेरिकी डलर बराबर १०२.४० पैसा खरिद मुल्य र विक्री मुल्य १०३.०३ तोकेको छ । यो २० महिना यताकै नेपाली रुपैंयाँका तुलनामा कमजोर हो ।

अमेरिकाले पछिल्लो समय सिरियामा श्रृखंलाबद्ध आक्रमण बढाउँदैं गएपछि विश्व बजारमै डलर कमजोर बनेको छ । अमेरिकी डलर कमजोर बन्दै जाँदा डलरको तुलनामा नेपाली रुपैंयाँ बलियो बनेको हो ।

गत बर्षको फागुन पहिलो साता डलरको भाउ अहिलेसम्मकै उच्च र १ सय ९ रुपैंयाँ ७७ पैसा पुगेको थियो । -नागरिक दैनिकबाट