७ जेष्ठ २०८२, बुधबार | Wed May 21 2025


एमाले काठमाडौंमा भाँडभैलो, गठन भयो समानान्तर कमिटी


0
Shares

नेतृत्वको टकरावका कारण काठमाडौं जिल्लाको अधिवेशन समेत हुन सकेको छैन ।

सात बर्ष बितिसक्दा समेत अधिवेशन हुन नसकेपछि अध्यक्ष केपी ओली पक्ष र माधवकुमार नेपाल पक्षबीच विवाद चुलिएको छ ।

पार्टीको विधानअनुसार तीन – तीन बर्षमा हुनुपर्ने जिल्ला अधिवेशन विवादको कारण सात बर्ष बितिसक्दा पनि हुन सकेको छैन ।

गुठगतरुपमा झ्याँगिदै आएको एमालेको विवाद काठमाडौं जिल्ला कमिटीमा समानान्तर कमिटी गठनसम्म देखिएको छ ।

कृष्ण राई अध्यक्ष रहेको जिल्ला कमिटीको विरुद्ध बसन्त मानन्धरको नेतृत्वमा अर्को समानान्तर समिति गठन हुने भएको छ ।

कृष्ण राई अध्यक्ष ओली पक्षका हुन भने मानन्धर नेपाल पक्षका हुन । -नेपाल समाचारपत्र दैनिकबाट