
आइतबार भएको खेलमा रुपन्देहीले विराटनगर किंग्सलाई ६१ रनले हरायो । जितपछि रुपन्देही अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले निर्धारित् २० ओभरमा ८ विकेट गुमाएर १३२ रन बनायो ।
रुपन्देहीका अन्तिम थापाले ४५, कृष्ण कार्कीले २२, पुष्प थापा १७ र हरिशंकर साहले १४ रन बनाए ।
विराटनगरका सुशील कँडेलले २ विकेट लिए भने पवन सर्राफ, किशोर महतो, सन्दीप लामिछाने र कप्तान शरद भेषावकरले १–१ विकेट झारे ।
१३३ रनको विजयी लक्ष्य पछ्याएको विराटनगर किंग्स १८ ओभर १ बलमा अलआउट हुँदै ७१ रनमै समेटियो ।
विराटनगरलाई सस्तैमा समेट्नेक्रममा रुपन्देहीका साहव आलमले ४ विकेट लिए भने दीपेश श्रेष्ठ र कृष्ण कार्कीले ३–३ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस्