७ जेष्ठ २०८२, बुधबार | Thu May 22 2025


राजधानी चौबिसै घण्टा स्वास्थ्यका लागि खतरा


0
Shares

नेपाल सरकारले तोकेको मापदण्ड अनुसार उपत्यकाको हावामा पिएम २.५ को मात्रा ४० माइक्रोग्राम प्रतिघनमिटर हुनुपर्दछ । तर उपत्यकाको हावामा पार्टीकुलेट म्याटर (पिएम) २.५ को मात्रा २ सय माइक्रोग्राम प्रतिघनमिटर भन्दा माथि पुगेको तथ्याङ्क छ । औसतभन्दा प्रदूषण मात्रा बढी (हानिकारक अवस्था) हुँदा सास फेर्नै सकस हुन्छ ।

पुस, माघ, फागुनको अधिकांश समयमा उपत्यकावासीले मापदण्डभन्दा पाँच गुणा बढीसम्म प्रदूषणको सकस भोग्नुप¥यो । राष्ट्रिय मापदण्डभन्दा दोब्बर प्रदुषणको मात्रा त उपत्यकाको हावामा २४सै घन्टा रह्यो ।

फागुनमा छिटफुट वर्षा र चैतमा त्यो भन्दा बढी भएको वर्षाले हावाको प्रदूषणमा केही कमी आए पनि चै्रत अन्तिममा भने प्रदूषण मात्रा ह्वात्तै बढेको तथ्यांकले देखाएको छ । –नागरिक दैनिकबाट