
मंगलबार राति भएको दोस्रो लेगमा रियल मड्रिडले १० खेलाडीमा सिमित बार्यन म्युनिखमाथि अतिरिक्त समयको खेलमा ४-३ गोल अन्तरले जित हात पारेको हो ।
पहिलो लेगमा २-१ को जित निकोलेको रियल समग्रमा ६-३ को जितका साथ अन्तिम चारमा पुगेको छ ।
रियलको घरेलु मैदानमा भएको खेलमा बार्यनका भिडालले रातो कार्ड पाएका थिए भने रोनाल्डोले ह्याट्रिक गर्न भ्याए । खेलमा बार्यन म्युनिखले अग्रता लिएपनि परिणाम जोगाउन सकेन ।
यस्तै लिसेस्टरलाई हराउँदै एथ्लेटिको मड्रिड पनि सेमिफाइनलमा पुगेको छ ।
राति नै भएको दोस्रो लेग १-१ को बराबरीमा सकिए पनि पहिलो लेगमा निकालेको १-० को जितले एथ्लेटिकोलाई अघिल्लो चरणमा पुर्याएको हो ।
प्रतिक्रिया दिनुहोस्