Logo ५ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025


डीपीएल क्रिकेटको उपाधिका लागि धनगढी र बिराटनगर मैदानमा


0
Shares

धनगढीस्थित सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा आज टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले विराटनगरसामु १ सय ६० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

निर्धारित २० ओभरमा धनगढीले ५ विकेट गुमाएर १ सय ५९ रन बनायो । धनगढीको लागि आरिफ शेखले सर्वाधिक ५४ रन जोडे ।

प्रतियोगिताकै फास्टेस्ट अर्धशतक बनाउनेक्रममा आरीफले ३० बलमा ५४ रन जोडे । यसैगरी अमरसिंह राउटेलाले अविजित ३१ रन जोड्दा कप्तान पारस खड्काले २९ रनको योगदान दिए ।

विष्फोटक व्याटिङ गरेका आरिफ र राउटेलाले पाँचौ विकेटका लागि २४ बलमा ६३ रनको साझेदारी गरेका थिए ।

बलिङतर्फ विराटनगरका सुशील कँडेलले २ विकेट लिए । जवाफमा १ सय ६० रनको लक्ष्य पछ्याएर विराटनगरको आप्mनो व्याटिङ सुरु गरिसकेको छ । यसअघि समुह चरणको खेलमा विराटनगरले धनगढीलाई पराजित गरेको थियो ।