Logo ५ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025


दोस्रो श्रेणीमा झरेको एक वर्षमै प्रिमियर डिभिजनमा फर्कियो न्युकासल


0
Shares

इंग्लीश फुटबलको दोस्रो श्रेणीको प्रतियोगिता च्याम्पियनसिपमा शीर्ष दुईभित्र पर्ने निश्चित भएपछि न्युकासल युनाईटेडले अर्को सिजन प्रिमियर लिग खेल्ने पक्का भएको छ ।

गएराति भएको खेलमा न्युकासल युनाईटेडले प्रेस्टन नर्थ ईण्डलाई ४–१ ले हरायो । स्पेनिस प्रशिक्षक राफा बेनिटेजको प्रशिक्षणमा न्युकासल युनाईटेडले यो सिजनको च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्‍यो ।

च्याम्पियनसिपमा दुई खेलमात्रै बाँकी छँदा न्युकासलले तेस्रो स्थानको रिडिङमाथि ९ अंकको अग्रता लिएको छ । ४४ खेलबाट रिडिङको ७९ अंक छ भने न्युकासलको ८८ अंक छ ।

समान खेलबाट ९२ अंक जोडेको ब्राईटन यसअघि नै प्रिमियर डिभिजनमा उक्लिसकेको छ । प्रिमियरसिपमा उक्लिने तेस्रो टोलीको टुंगो भने प्ले अफपछि लाग्नेछ ।

अहिलेसम्म प्ले अफका लागि रिडिङ, शेफील्ड वेनस्डे, हडर्सफिल्ट टाउन र फुल्हाम अगाडि छन् ।