
पाकिस्तान विरुद्धको पहिलो टेस्ट म्याचमा ढिलो गतिमा बलिङ गरेको भन्दै आईसीसी म्याच रेफ्रीहरुको एलाईट प्यानलका क्रिस ब्रोडले वेष्ट इन्डिजलाई जरिवाना गरेका हुन् ।
जमैकामा सम्पन्न पहिलो टेस्ट म्याच पाकिस्तानले ७ विकेटले जितेको थियो । उक्त खेलमा बलिङको दौरान वेष्ट इन्डिजका कप्तान जेसन होल्डरले आईसीसी मापदण्ड अनुसारको गतिमा बलिङ गर्न नसकेको आईसीसीको ठहर छ ।
वेष्ट इन्डिजका कप्तान होल्डरले म्याच फी को २० प्रतिशत जरिवाना तिर्नुपर्नेछ भने अन्य खेलाडीहरुले १० प्रतिशत जरिवाना तिर्नुपर्नेछ ।
टेष्ट क्रिकेटमा कुनैपनि टिमले एक घण्टामा कम्तिमा १४ दशमलव दुई आठ ओभर बलीङ गर्नुपर्ने प्रावधान छ । त्यो भन्दा ढीलो गर्ने टोलीलाई आईसीसीले कारवाही गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्