Logo ५ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025


आइपीएलमा बेंग्लोरको खराब लय जारी, गुजरातसँग पराजित


0
Shares

चिन्नास्वामी रंगशालमा भएको खेलमा पाहुना टोली गुजरातले बेंग्लोरलाई ७ विकेटले हरायो । बेंग्लोरले प्रस्तुत गरेको १ सय ३५ रनको सामान्य लक्ष्य गुजरातले १३ ओभर ५ बलमा तीन विकेट गुमाएर पुरा गर्‍यो ।

गुजरातको जितमा आरोन फिन्चको ७२ रन तथा कप्तान सुरेश रैनाको अविजित ३४ रन महत्वपूर्ण रह्यो ।

यसअघि पहिले ब्याटिङ गरेको बेंग्लोरले २० ओभरमा सबै विकेट गुमाएर १ सय ३४ रन बनाएको थियो । बेंग्लोरका लागि पवन नेगीले ३२ रन तथा केदार जाधवले ३१ रन जोडेका थिए ।

गएरातिको जितपछि ८ खेलबाट ६ अंक जोडेको गुजरात अंक तालिकाको छैटौं स्थानमा रहेको छ । ९ खेलमा दुई खेलमात्रै जितेका बेंग्लोर ५ अंकसहित सातौं स्थानमा छ ।

यो हारले बेंग्लोरको शीर्ष चारमा रहँदै प्लेअफमा पुग्ने सम्भावनामा गम्भीर धक्का लागेको छ ।