Logo ५ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025


‘सुपर ओभर’ सम्म पुगेको रोमाञ्चक प्रतिश्पर्धामा मुम्बई इन्डियन्सको जित


0
Shares

निर्धारित २० ओभरको खेल बराबरीमा टुंगिएपछि नतिजाका लागि ‘सुपर ओभर’ सम्म लम्बिएको प्रतिश्पर्धामा मुम्बईले बाजी मारेको हो ।

सुपर ओभरमा मुम्बईले ११ रन बनाएको थियो भने गुजरातले ६ रनमात्र बनाउन सक्यो ।

यसअघि जितका लागि १५४ रनको लक्ष्य पाएको मुम्बईले २० ओभरमा १५३ रनमात्र बनाउन सकेपछि खेल बराबरीमा पुगेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ९ विकेट गुमाएर १५३ रन बनाएको थियो । मुम्बई २० ओभरमा १५३ रन मै समेटिएपछि खेल बराबरी भएको थियो ।