१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


सुन तस्करीकान्डः ६ जनाविरुद्ध पूरक मुद्दा दर्ता


0
Shares

ध्रुव भट्टराई (इमेज)

विराटनगर, असार २० । साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा संलग्न ६ जनाविरुद्ध जिल्ला अदालत मोरङमा पूरक मुद्दा दर्ता गरिएको छ ।

बुधबार मोरङ प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत् उनीहरुविरुद्ध पूरक मुद्दा दर्ता गरेको हो ।

जिल्ला न्यायाधिवक्ताको कार्यालयका प्रमुख पुण्यप्रसाद पाठकले प्रहरी हिरासतमा रहेका चूडामणि उप्रेती ‘गोरे’का सहयोगी राम तिवारी, विनोद अधिकारी, मोतीराम श्रेष्ठ, रेवन्त आचार्य, मदन सिलवाल र भुजुङ गुरुङका सहयोगी लक्षु गुरुङविरुद्ध पूरक मुद्दा दायर गरिएको जानकारी दिए ।

सुन तस्करी प्रकरणको अनुसन्धानकाक्रममा गत वैशाख १९ गते ६३ जनाविरुद्ध आपराधिक समूह स्थापना र सन्चालन गरी १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४७३ रुपैयाँ बराबरको अवैध सुन आयात गरिएको दाबीसहित मुद्दा दायर गरिएको थियो ।

मुद्दा दायर गरिएकामध्ये मुख्य आरोपी भनिएका ‘गोरे’सहित ३१ जना पुर्पक्षका लगि कारागारमा छन् ।