Logo ५ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025


रियाल मड्रिडद्वारा एथ्लेटिको मड्रिड पराजित, रोनाल्डोको नयाँ कीर्तिमान


0
Shares

मंगलबार राति भएको सेमिफाइनल पहिलो लेगको खेलमा रियाल मड्रिडले एथ्लेटिको मड्रिडलाई ३-० ले हराएको छ ।

रियाल मड्रिडको मैदानमा भएको मड्रिड डर्बीले स्पेनिस ला-लिगाकै खेलको झल्को दिएको थियो ।

यो खेलमा रियाललाई विजयी गराउन क्रिश्चियानो रोनाल्डोले ह्याट्रिक गरे ।

युरोपियन च्याम्पियन्स लिग फुटबलको दोस्रो सेमिफाइनलमा बुधबार राति फ्रेन्च क्लव मोनाको र इटालियन क्लब युभेन्टस भिड्ने छन् ।

यसैबीच राति तीन गोल गरेसँगै पोर्चुगिज फुटबल स्टार रोनाल्डोले युरोपको कुनै पनि क्लबका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् ।

रोनाल्डोले युरोपका शीर्ष पाँच लिगमा ३ सय ६७ गोल गरेका छन् । उनले इङ्लिस क्लब म्यानचेष्टर युनाइटेडबाट ८४ तथा रियाल मड्रिडबाट २ सय ८३ गोल गरिसकेका छन् ।

यसअघि युरोपका शीर्ष लिगमा सर्वाधिक गोल गर्ने कीर्तिमान इङ्लिस खेलाडी जिम्मी ग्रिएभ्सको नाममा रहेको थियो ।

जिम्मीले सन् १९५७ देखि ७१ सम्म तीन इङ्लिस प्रिमियर लिग र इटालियन लिगमा गरी ३ सय ६६ गोल गरेका थिए ।