Logo ५ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025


नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण सुरु


0
Shares

                                                                             फाइल फोटो
जापानी प्रशिक्षक ग्योतोकु कोजीले फिलिपिन्सविरुद्धको खेलमा छनोट गरिएका २७ जना खेलाडीलाई बोलाएर बन्द प्रशिक्षण सुरु गरेका हुन् ।

नेपालले एसियन कप छनोट फुटबलअन्तर्गत् दोस्रो खेलमा आगामी जुन १३ तारिख अर्थात् जेठ ३० गते मंगलबार यमनविरुद्ध खेल्दैछ ।

उक्त खेल काठमाडौंको हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा हुनेछ ।

नेपालले एसियन कप छनोटअन्तर्गत पहिलो खेलमा फिलिपिन्ससँग ४–१ को हार व्यहोरेको थियो ।

चोटका कारण उक्त खेल गुमाएका नवयुग श्रेष्ठ आगामी खेलका लागि भने उपलब्ध हुनेछन् ।

यो खेलपछि नेपालले ताजकिस्तानसँग २ खेल तथा फिलिपिन्स र यमनसँग एक/एक खेल खेल्न बाँकी हुनेछ ।

४ टोली सहभागी समूहबाट ‘होम एन्ड अबे’को आधारमा खेलहरु खेलाएर शीर्ष दुई टोलीलाई सन् २०१९ मा हुने एएफसी एसियन कप फुटबल छनोटमा सहभागी गराइनेछ ।