
४५ औं म्याचको नतिजापछि सहभागी टिमको अंक तालिकामा मुम्बई इन्डियन्स शीर्ष स्थानमा छ भने रोयल च्यालेन्जर्र्स बैंग्लोर आठौं अर्थात् अन्तिम स्थानमा छ । तर अंक तालिकाको शीर्ष नम्बरमा रहेको टिमदेखि लिएर अन्तिममा रहेको टिमसम्मको जित संख्या हेर्ने हो भने ९ देखि २ सम्मको घट्दो क्रममा मिलेको छ ।
शीर्ष स्थानमा रहेको टिम मुम्बईले हालसम्म नौवटा जित हासिल गर्दा दोस्रो नम्बरमा रहेको राइजिङ पुणेले ८, तेस्रो स्थानको कोलकाता नाइट राइडर्सले ७, चौथो स्थानको सनराइजर्स हैदरावादले ६ जित हासिल गरेको छ ।
पाँचौं स्थानमा रहेको किंग्स इलाभेन पञ्जावले ५, छैठौं नम्बरमा रहेको दिल्ली डेयरडेभिल्सले ४, सातौं नम्बरमा रहेको गुजरात लायन्सले ३ र आठौं नम्बरमा रहेको रोयल च्यालेन्जर बैंग्लोरले २ जित हासिल गरेको छ ।
यसरी शीर्ष नम्बरमा रहेको टिमदेखि अन्तिममा रहेको टिमसम्मको जितको आंकडा अनौठो संयोगस्वरुप ९, ८, ७, ६, ५, ४, ३, २ को घट्दो क्रममा मिलेको छ ।
प्रतिक्रिया दिनुहोस्