Logo ५ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025


आर्सनलले साउथह्याम्पटनलाई उसैको मैदानमा हरायो


0
Shares

शीर्ष चारमा पर्न संघर्षरत आर्सनलले साउथह्याम्पटनलाई उसैको मैदानमा २-० ले हराएको हो ।

खेलमा आर्सनललाई विजयी गराउन अलेक्सिस सान्चेज र ओलिभर जिरुले एक/एक गोल गरे । जितपछि आर्सनल प्रिमियर लिगको अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ ।

३५ खेलबाट उसको ६६ अंक भएको छ । समान खेलबाट ६५ अंक जोडेको म्यान्चेस्टर युनाईटेड छैटौं स्थानमा झरेको छ ।

६९ अंकका साथ म्यान्चेस्टर सिटी चौथो स्थानमा रहँदा तेस्रो स्थानको लिभरपुलको ७० अंक छ ।

७७ अंक जोडेको टोटनह्याम हट्सपर दोस्रो स्थानमा छ भने शीर्ष स्थानको चेल्सीको ८३ अंक छ । चेल्सी अब उपाधिभन्दा एउटा जित मात्रै टाढा छ ।