
काठमाडौं, असार २० । आप्रवासीको सुरक्षा गर्न र आप्रवासीसम्बन्धी नीति बनाउन सरोकारवालाहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा सरोकारवालाहरुले सुरक्षित र व्यवस्थित आप्रवासन नीति बनाउन माग गरेका हुन् ।
अहिलेपनि श्रमिकमाथि जोखिम यथावत् रहेको, विभेद, बेचबिखन नरोकिएको, शोषणको अन्त्य हुन नसकेको भन्दै उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।
अन्तर्राष्ट्रिय श्रम संगठनका प्रमुख पाउल आई नर्टनले जबर्जस्ती श्रममा लगाउने नीतिले समाज र राष्ट्रलाई प्रभावित पार्ने भन्दै यसलाई व्यावहारिकरुपमै कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका सहसचिव कृष्णप्रसाद ज्ञवालीले आप्रवासीको सुरक्षा गर्न सरकारले पहल गरिरहेको बताए ।
उनले आप्रवासनसम्बन्धी सूचक, सुरक्षित आप्रवासन नीति ४२ जिल्लामा लागू भएको जानकारी दिए ।
कार्यक्रममा आप्रवासीले भोग्नुपरेका समस्या र ती समस्या समाधानका उपायकाबारेमा छलफल भएको छ ।
प्रतिक्रिया दिनुहोस्