Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


उपाधिका लागि म्यानचेस्टर र आयाक्स भिड्ने


0
Shares

गएराति आफ्नै मैदानमा भएको सेमीफाईनल दोस्रो लेगको खेलमा स्पेनको सेल्टा भिगोसँग १–१ गोलको बराबरीमा रोकिएको म्यान्चेस्टर युनाईटेड समग्रमा भने २–१ को जित निकाल्दै फाईनलमा पुगेको हो । यसअघि सेल्टा भिगोको मैदानमा भएको पहिलो लेगको खेलमा म्यान्चेस्टर युनाईटेड १–० ले विजयी भएको थियो ।

म्यान्चेस्टर युनाईटेडले अब नेदरल्याण्ड्सको आयाक्स एम्सटरडमसँग फाईनल खेल्नेछ ।

गएराति भएको अर्को खेलमा फ्रान्सको लियोंसँग ३–१ ले पराजित भएपनि समग्रमा ५–४ ले विजयी हुँदै डच क्लव आयाक्स पनि फाईनलमा पुगेको हो । पहिलो लेगको खेलमा आयाक्स ४–१ ले विजयी भएको थियो ।

म्यान्चेस्टर युनाईटेड र आयाक्स एम्सटरडमबीचको फाईनल खेल आगामी जेठ १० गते स्विडेनको स्टकहोममा हुनेछ ।

इंग्लिश प्रिमियर लिगको शीर्ष चारभित्र पर्ने सम्भावना कमजोर भएको म्यान्चेस्टर युनाईटेडका लागि अर्को सिजनको च्याम्पियन्स लिग खेल्न जारी युरोपा लिगको उपाधि जित्नुपर्ने बाध्यता छ ।