Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


इङ्गलिस प्रिमियर लिगको उपाधि चेल्सीले जित्यो, मिसी बात्सुई बने ‘हिरो’


0
Shares

चेल्सीको जितमा मिसी बात्सुईले खेलको अन्तिमतिर गरेको गोल निर्णायक बन्यो ।

अवे मैदानमा भएको खेलमा पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको चेल्सीका सबस्टिच्युडका रुपमा मैदान आएका बात्सुईले ८२ औं मिनेटमा गोल गर्दै चेल्सीलाई उपाधि दिलाएका हुन् ।

चेल्सीले पछिल्लो तीन सिजनमा दोस्रो पटक लिगको उपाधि जितेको हो । उसले सन् २०१४÷१५ को सिजनमा पनि उपाधि जितेको थियो ।

गएको सिजन खराब प्रदर्शन गरेको चेल्सीले यो सिजन भने सुरुवातदेखि नै राम्रो प्रदर्शन गर्दै आएको थियो ।

लिगका दुई खेल बाँकी हुँदै उपाधि जितेको चेल्सीको ८७ अंक भएको छ । दोस्रो स्थानमा रहेको टोटनह्यामको तीन खेल बाँकी हुँदा ७७ अंक छ ।