पहिलो चरणको अन्तिम खेलमा शनिबार गुजरात लायन्सलाई ८ विकेटले पराजित गर्दै हैदरावाद प्लेअफमा पुगेको हो ।
विजयका लागि पाएको १५५ रनको चुनौती हैदरावादले १८ ओभर १ बलमै २ विकेट गुमाएर पूरा गरेको हो ।
तेस्रो विकेटका लागि १३३ रनको अविजित साझेदारी गर्नेक्रममा कप्तान डेभिड वार्नरले ५२ बलमा ६९ तथा विजय शंकरले ४४ बलमा ६३ रन जोडे ।
यसअघि, पहिले ब्याटिङ गरेको गुजरातले १९ ओभर २ बलमा अलआउट हुँदै १५४ रन बनायो ।
पहिलो विकेटका लागि १११ रनको साझेदारी गरेको गुजरातले त्यसपछि भने निरन्तर विकेट गुमायो ।
इशान किसानले ६१ तथा दवाने स्मिथले ५४ रन बनाएको इनिङमा सात खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
मोहम्मद सिराजले ४ तथा रसिद खानले ३ विकेट लिए ।
यो खेलमा हैदरावादले बिनाछक्का यति ठूलो चुनौती पूरा गर्ने कीर्तिमान रचेको छ ।
यसअघि, राइजिङ पुने सुपरजाइन्टले गत वर्ष किंग्स इलाभेन पन्जाबविरुद्धको खेलमा बिनाछक्का १५३ रन बनाएको थियो ।
यता, आइतबार प्लेअफ समीकरण पूरा हुँदैछ ।
आइतबार पुने र पन्जाबबीचको विजेता प्लेअफमा पुग्नेछ । पुनेको १६ अंक छ भने पन्जाबको १४ अंक छ । यदि पन्जाब विजयी भए रनरेटमा पुनेलाई उछिन्नेछ ।





प्रतिक्रिया दिनुहोस्